काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्दैछन्। मन्त्रिपरिषद् विस्तार, उच्चस्तरीय संयन्त्र लगायतका विषयमा छलफल गर्न देउवा दाहाल निवास खुमलटार जान लागेका हुन्।
दुई नेताबीच सरकारमा सहभागी गराउने मन्त्री, सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र गठन लगायतका विषयमा छलफल हुने बताइएको छ। माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्ने बताउँदै आएका छन्। उनले प्रधानमन्त्री देउवासँग सोही विषयमा छलफल गर्ने बताइएको छ।