काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी केन्द्रीय कार्यालय सानेपामा अनशनरत धनुषा, बारा र सर्लाहीका नेता कार्यकतालाई भेटेका छन्। क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै अनशनमा बसेका नेता–कार्यकर्तालाई शेखरले मंगलबार भेटेका हुन्।
कोइरालाले पार्टीको विधान भन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्वीकार्य नहुने बताए।
‘विधानविपरीत बाँडिएका सदस्यता खारेज हुनुपर्छ। सदस्यता वितरणमा भएको धाँधलीका विरुद्धमा म तपाईंहरुसँगै छु,’ उनले भने। उनले अनशनरत कार्यकर्ताको लडाइँमा अन्तिमसम्म साथ दिने प्रतिबद्धता समेत जनाए। कोइरालाले पार्टीको कुनैपनि तहमा बसेर काम गर्नेहरु अन्याय सहेर बस्न नहुने टिप्पणी गरेका थिए।