बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धादिङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

धादिङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्वास्थ्य केन्द्र गजुरी भर्ना गरिएको थियो। तर उपचारकै क्रममा गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

काठमाडौं- धादिङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। गजुरी गाउँपालिका-६ बन्छेटारमा दुर्घटना हुँदा धादिङ खन्याबास गाउँपालिका ४ दार्खाका ३२ वर्षीय ताराबहादुर गुरुङको मृत्यु भएको हो। 

दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्वास्थ्य केन्द्र गजुरी भर्ना गरिएको थियो। तर उपचारकै क्रममा गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनामा परी २१ वर्षीया अञ्जु गुरुङ घाइते भएकी छन्। स्थानीय अस्पतालमा उनको उपचार संभव नभएपछि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं पठाइएको छ। 

बा ५ ख ३०४८ नम्बरको ट्रक र बा. प्र ०२-०२३ प ०२५४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनापछि ट्रकका चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।  

प्रकाशित: Jul 20, 2021| 09:19 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।