बिहीबार, भदौ ४, २०८३

चेक बाउन्स मुद्दाकी दोषी पक्राउ

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएपनि झुक्याएर पीडितलाई चेक दिएकी थिइन्। श्रेष्ठले दिएको नबिल बैंकको चेकबाट भुक्तानी नभएपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए।
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

काठमाडौं- बैंकिङ कसुर मुद्दामा दोषी ठहरिएकी एक जना फरार दोषी पक्राउ परेकी छन्। सोमबार उक्त मुद्दाका दोषी काठमाडौं पुरानो बानेश्वरकी ४४ वर्षीया पवित्रा श्रेष्ठ काठमाडौंको पेप्सीकोलाबाट पक्राउ परेकी हुन्। 

उच्च अदालत पाटनबाट दोषी ठहर भएकी श्रेष्ठलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ। 

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएपनि झुक्याएर पीडितलाई चेक दिएकी थिइन्। श्रेष्ठले दिएको नबिल बैंकको चेकबाट रकम भुक्तानी नभएपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए।

यसपछि अदालतले उनलाई गत वर्ष चैत १ गते दोषी ठहर गरेको थियो। बैंकिङ् कसुर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको उनलाई तीन दिन कैद र १४ लाख जरिवाना हुने फैसला अदालतले सुनाएको थियो। 

प्रकाशित: Jul 20, 2021| 09:11 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।