बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवालाई मत दिने एमाले सांसदलाई स्पष्टीकरण सोध्ने तयारी, नेपाल निकट सांसद भन्छन्– जबाफ दिँदैनौं

देउवालाई मत दिने एमाले सांसदलाई स्पष्टीकरण सोध्ने तयारी, नेपाल निकट सांसद भन्छन्– जबाफ दिँदैनौं

एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदमाथि कारबाही गर्ने भएको छ।
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

काठमाडौं– एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदमाथि कारबाही गर्ने भएको छ। एमाले केन्द्रीय कमिटीको सोमबारको बैठकले उनीहरुलाई २४ घण्टे स्पष्टीकरण गर्ने निर्णय गरेको थियो।

यद्यपि उनीहरूलाई स्पष्टीकरण पत्र पठाउन बाँकी छ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङले हिजोको बैठकको स्पष्टीकरण सोध्ने निर्णय भएको र आज त्यसले पूर्णता पाउने बताए। उनले भने, उहाँहरूलाई आजै स्पष्टीकरण पत्र पठाइनेछ।’ त्यसपछि कारबाही प्रक्रिया अघि बढ्ने उनकाे भनाइ छ। यसबारे थप निर्णय गर्न एमाले केन्द्रीय कमिटीकाे बैठक  दिउँसो ३ बजे तुलसीलाल प्रतिष्ठानमा बस्नेछ। 

नेपाल समूहले पनि स्पष्टीकरणको कुनै औचित्य नरहेको जनाएको छ। नेपाल निकट सांसद मेटमणि चौधरीले भने, ‘हामी ओलीलाई पार्टी अध्यक्ष मानेका छैनौं। त्यसैले जबाफ दिने कुरा भएन। पत्रको औचित्य छैन।’ 

प्रकाशित: Jul 20, 2021| 08:46 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।