बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहिरोका कारण सुदूरका पहाडी जिल्ला जोड्ने दुई राजमार्ग अवरुद्ध 

पहिरोका कारण सुदूरका पहाडी जिल्ला जोड्ने दुई राजमार्ग अवरुद्ध 

शनिबारदेखि भइरहेको लगातारको वर्षाका कारण सुदूरपशिचम प्रदेशका पहाडी जिल्ला जोड्ने दुई राजमार्ग अवरुद्ध भएका छन्।
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

धनगढी- शनिबारदेखि भइरहेको लगातारको वर्षाका कारण सुदूरपशिचम प्रदेशका पहाडी जिल्ला जोड्ने दुई राजमार्ग अवरुद्ध भएका छन्। बैतडीको सर्नयामा आएको पहिरोका कारण महाकाली लोकमार्ग अवरुद्ध भएपछि दार्चुलाको यातायात सेवा प्रभावित बनेको छ। 

महाकाली राजमार्गअन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डमा पर्ने बैतडीको सुर्नया गाउँपालिका-३ धरमघरमा पहिरो खसेपछि दार्चुला र बैतडीका केही स्थानको यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

सडकमाथिबाट पहिरो खसेकाले अहिले गाडीहरू बीचबाटोमै रोकिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए। अहिले पहिरो पन्छ्याउनका लागि प्रयास भइरहेको उनले बताए। 

लगातारको वर्षाकै कारण जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको ढोल्यामोडमा पहिरो खस्दा बझाङ जिल्लाको यातायात अवरुद्ध भएको छ। मंगलबार बिहान खेसेको पहिरो पञ्चाउने काम भएरहेको बैतडीका प्रबक्ता प्रहरी निरीक्षक ओझाले बताए।

प्रकाशित: Jul 20, 2021| 06:48 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।