काठमाडौं- श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ परेका छन्।
असार ३१ गते ३४ वर्षीय श्रीमती संगीता टुडुको हत्या गरेको आरोपमा रंगेली नगरपालिका-९ का उनका श्रीमान् सजिलाल रिख्यासन सोमबार पक्राउ परेका हुन्।
खेत नजिकको टहरामा निर्घात कुटपिट गरी ३९ वर्षीय रिख्यासनले संगीताको हत्या गरेको आरोप लागेको छ। हत्यापछि उनी भागेका थिए।
उनलाई मोरङको रंगेली नगरपालिका-९ सखुवाथानमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका रिख्यासनलाई इलाका प्रहरी कार्यालय दमकमा राखी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।