बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोटेश्वरमा नेपाल र यादवलाई भेटेर प्रचण्ड प्रधानमन्त्रीसँगको छलफलमा

कोटेश्वरमा नेपाल र यादवलाई भेटेर प्रचण्ड प्रधानमन्त्रीसँगको छलफलमा

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत पाएपछि मंगलबार बिहानैदेखि नेताहरूको सक्रियता बढेको छ। मुख्य गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दौडधुप तीव्र बनेको छ।
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत पाएपछि मंगलबार बिहानैदेखि नेताहरूको सक्रियता बढेको छ। मुख्य गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दौडधुप तीव्र बनेको छ।

बिहानै एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुगेर भेटवार्ता गरेका प्रचण्डले त्यही जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए। 

कोटेश्वरमा नेता नेपाल, अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष यादवबीच सत्ता सहकार्यलगायत विषयमा छलफल केन्द्रीत रहेको बुझिएको छ।

‘मन्त्रिपरिषद् विस्तारलगायत कामहरूमा तीव्रता दिन नेताहरूले भेटघाटलाई जोड दिनुभएको हो,’ गठबन्धन दलका एक नेताले भने,‘माधव नेपाल र उपेन्द्र यादव पक्षसँग छलफल गरेर मन्त्रिपरिषद् विस्तार गरिने भएकाले भेटघाट बाक्लिएको हो।’

एमाले असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षलाई प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा रहेका दलका नेताहरूले सरकारमा सहभागी हुन आग्रह गरे पनि नेता नेपालले अझै प्रष्ट धारणा बनाइसकेका छैनन्। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वरपछि सोझै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए। देउवाले विश्वासको मत पाएपछि मन्त्रिपरिषद् बिस्तार गर्ने तयारीमा रहेका बेला नेताहरूको भेटघाटले तीव्रता पाएको हो। 

देउवा निकट स्रोतले यसै साताभित्र प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। पटक-पटक मन्त्रिपरिषद् विस्तार गर्नुभन्दा दलहरूबीच सहमति गरेर एकैचोटी रिक्त मन्त्री नियुक्त गर्ने देउवाको तयारी छ।

प्रकाशित: Jul 20, 2021| 05:17 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।