बिहीबार, भदौ ४, २०८३

पार्किङ गरिएको मोटरसाइकलमाथि पुरुषको शव फेला

विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक जना पुरुषको शव फेला परेको छ।
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

विराटनगर- विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक जना पुरुषको शव फेला परेको छ। सोमबार राति विराटनगर महानगरपालिका-५ बिजुली अफिस चोकमा रोकिराखेको मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार को४प २३१६ नम्बरको मोटरसाइकलमा शव फेला परेको हो। मृत भेटिएका व्यक्ति विराटनगर-५ मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपाने रहेको प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए। न्यौपानेलाई राति ८ः३० बजेतिर मृत फेला पारिएको एसपी जिसीले बताए।

शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाएको छ। ‘घटनास्थलको अवस्था हेर्दा स्टेण्ड लगाएको मोटरसाइकलमाथि सुतेर आराम गरेजस्तो देखिन्छ,’ उनले भने, ‘स्वास्थ्यमा कुनै समस्या आएर आराम गर्ने क्रममा मोटरसाइकलमाथि नै मृत्यु भएको हो कि भन्ने आशंका छ।’ जिसीका अनुसार मोटरसाइकल न्यौपानेकै भएको खुलेको छ।

मोटरसाइकल चलाउन खोजेजस्तो ‘पोजिसन’मा शव भेटिएको प्रहरीले जनाएको छ। उनको शव भेटिएको समयमा विराटनगरमा भीषण वर्षा भइरहेको थियो।

प्रकाशित: Jul 20, 2021| 01:55 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।