बिहीबार, भदौ ४, २०८३

राप्रपा वैकल्पिक शक्तिका रुपमा अघि बढ्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक शक्तिलाई एकजुट बनाउन राप्रपाले वैकल्पिक शक्तिका रूपमा अगाडि बढाउन भूमिका निर्वाह गर्न लागेको बताएका छन्। 
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक शक्तिलाई एकजुट बनाउन राप्रपाले वैकल्पिक शक्तिका रूपमा अगाडि बढाउन भूमिका निर्वाह गर्न लागेको बताएका छन्। 

अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा सोमबार स्थानीय बकैया गाउँपालिका–४ जुरेलीमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै पार्टीको निष्ठा, सिद्धान्तलाई राजनीतिक दलहरूले जनहितका लागिभन्दा आफ्नो दलको स्वार्थका लागि मात्रै अगाडि बढाउँदा प्रजातान्त्रिक संस्कार र राष्ट्रप्रति जिम्मेवारीको भावना हराउँदै गएको बताए।

सो अवसरमा राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौला, राप्रपा जिल्ला सदस्य अर्जुन तिमल्सिना र राप्रपा बकैया गाउँपालिकाका अध्यक्ष राजाराम अर्यालले पार्टीको संगठनलाई अनुशासित, मर्यादित र सुस्त बनाई महाधिवेशनमा सक्षम नेतृत्वको निर्वाचनका लागि कार्यकर्ताहरू एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका थिए।

प्रकाशित: Jul 20, 2021| 00:48 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।