बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लगातारको वर्षाले धनगढी डुबानमा, निकास नखोले धनगढीमा 'ब्लाक आउट'!

लगातारको वर्षाले धनगढी डुबानमा, निकास नखोले धनगढीमा 'ब्लाक आउट'!

केन्द्रका प्रमुख सुरेन्द्र चौधरीका अनुसार कार्यालय डुबानमा पर्दा स्टकमा राखिएका विधुतीय सामाग्रीमा क्षति पुगेको बताए। सब-स्टेसनसमेत जलमग्न भएका कारण केबल ट्रेन्चमा पानी पसेको छ। 
 |  सोमबार, साउन ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ४, २०७८

धनगढी- लगातारको वर्षाले धनगढीका विभिन्न क्षेत्र डुबानमा परेका छन्। लगातारको वर्षाले नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रसमेत डुबानमा परेको छ। धनगढी वितरण केन्द्रअघिको डुबानको निकास नखोले धनगढीमा ब्ल्याक आउट हुने सक्ने केन्द्रले जनाएको छ। 

केन्द्रका प्रमुख सुरेन्द्र चौधरीका अनुसार कार्यालय डुबानमा पर्दा स्टकमा राखिएका विधुतीय सामाग्रीमा क्षति पुगेको बताए। सब-स्टेसनसमेत जलमग्न भएका कारण केबल ट्रेन्चमा पानी पसेको छ। 

‘ट्रेन्चमा पानी पसेर लिकेज भए ट्रेन्च भत्किने सम्भावना छ। केबलमा समस्या आए सब स्टेसनबाट विद्युतको आपूर्ति रोकिन्छ,' चौधरीले भने, ‘विद्युत प्रवाह गर्न लामो समय लाग्छ। धनगढीमा ब्लाक आउट हुन सक्छ।’ उनले पानी निकास खोल्न सबैसँग अनुरोध गरेपनि निकास नखुलेको बताए। 

No description available.

वर्षाको पानी वडा नम्बर ४ बाट वडा नम्बर ३ हुँदै वडा नम्बर २ तर्फ बहने गर्दछ। तर, वडा नम्बर २ का बासिन्दाले पानी निकास नै बन्द गरिदिएपछि वडा नम्बर ३ मा रहेको धनगढी वितरण केन्द्र डुबानमा परेको हो।

प्रकाशित: Jul 19, 2021| 14:48 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।