बिहीबार, भदौ ४, २०८३

स्वास्थ्य सचिवमा रोशन पोखरेल नियुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राविधिकतर्फको सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेल नियुक्त भएका छन्।
 |  सोमबार, साउन ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ४, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राविधिकतर्फको सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेल नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आज (सोमबार) बसेको बैठकले प्रमुख विशेषज्ञ पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। साढे २ वर्षपछि स्वास्थ्य मन्त्रालयले सेवातर्फ सचिव पाएको छ। 

तत्कालीन स्वास्थ्य सचिव डा.पुष्पा चौधरीलाई २०७५ साल मंसिर १७ गते प्रधानमन्त्री कार्यालयमा तानेदेखि सरकारले स्वास्थ्य सेवातर्फको सचिव पद नै हटाएको थियो। गत असार २१ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिव पदको दरबन्दी स्वीकृत गरेपछि स्वास्थ्य सचिव नियुक्तिका लागि प्रक्रिया अघि बढेको थियो। 

प्राविधिक सचिव पाएसँगै अब पुनः स्वास्थ्य मन्त्रालयमा प्रशासन र प्राविधिक तर्फ गरी दुई सचिव रहनेछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिव नियुक्तिका लागि १२ औं तहका तीन जनाको नाम सिफारिस गरिएको थियो। 

सिफारिस समितिले सचिवका लागि प्रमुख विशेषज्ञहरु डा. पोखरेल, महेन्द्रप्रसाद श्रेष्ठ र दीपेन्द्ररमण सिंहलाई सिफारिस गरेको थियो। मन्त्रीपरिषद्ले डा. पोखरेललाई नियुक्त गरेको हो।

प्रकाशित: Jul 19, 2021| 12:38 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।