बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘जापान इमिग्रेसनको कर्मचारी हुँ’ भन्दै फेसबुकमार्फत् ठगी गर्ने ४ जना पक्राउ

‘जापान इमिग्रेसनको कर्मचारी हुँ’ भन्दै फेसबुकमार्फत् ठगी गर्ने ४ जना पक्राउ

पक्राउ पर्नेमा कमवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका-१२ की ३७ वर्षीया शुभद्रा परियार, इलामको सूर्योदय नगरपालिका-४ की ३३ वर्षीया पूजा राई छन्। यस्तै सिन्धपाल्चोकको बाह्रबिसे-१ का ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका-७ खरिपाटी की दीपिका केसीसमेत पक्राउ परेको महाशाखाले जानकारुी दिएको छ। 
 |  सोमबार, साउन ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ४, २०७८

काठमाडौं- आफूलाई जापानी आप्रवासन (इमिग्रेसन) कार्यालयको कर्मचारी दाबी गर्दै ठगी गर्ने ४ जना नेपाली नागरिक पक्राउ परेका छन्। राम्रो काममा जापान पठाइदिने प्रलोभन देखाएर करिक ४० लाख ठगी गरेको आरोपमा उनीहरूलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कमवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका-१२ की ३७ वर्षीया शुभद्रा परियार, इलामको सूर्योदय नगरपालिका-४ की ३३ वर्षीया पूजा राई छन्। यस्तै सिन्धपाल्चोकको बाह्रबिसे-१ का ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका-७ खरिपाटी की दीपिका केसीसमेत पक्राउ परेको महाशाखाले जानकारुी दिएको छ। 

फेसवुकमा ‘तानाका योका’को नाममा अकाउन्ट बनाएर उनीहरूले विभिन्न व्यक्तिगसँग कुराकानी गरी ठगी गरेको आरोप उनीहरूमाथि लागेको छ। कुराकानी पछि जापानमा कामदार भिसामा जानका लागि पैसा उठाएका थिए। उनीहरूमाथि थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखाले जानकारी दिएको छ। 
 
प्रकाशित: Jul 19, 2021| 12:08 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।