शुक्रबार, कात्तिक २८, २०८२

लकडाउनमा एउटा मजदुरले गाउँ फर्कन गरेको संघर्षको कथा ‘सानो पाइला’

कोराना महामारीका कारण लकडाउन हुन्छ। गाउँ फर्किन चाहन्छन्। तैपनि साहुले काम गरेको पैसा दिँदैनन्। लकडाउनको समय शिशिरले भोगेको यही पीडाको कथा हो, ‘सानो पाइला’।
 |  सोमबार, साउन ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ४, २०७८

काठमाडौं- शिशिर काठमाडौंमा घर बनाउने काम गर्छन्। ज्याला मजदुरी नै उनको जीविकोपार्जनको स्रोत हो। गाउँमा श्रीमती गर्भवती छिन्। तर, पैसा पठाउन पाएका छैनन्। कारण, ठेकेदार पैसा दिँदैनन्। 

National life

कोराना महामारीका कारण लकडाउन हुन्छ। गाउँ फर्किन चाहन्छन्। तैपनि साहुले काम गरेको पैसा दिँदैनन्। लकडाउनको समय शिशिरले भोगेको यही पीडाको कथा हो, ‘सानो पाइला’।

युवा रंगकर्मी ईँगी होपो कोइँच सुनुवारले निर्देशन गरेको ७ मिनेटको यो सर्ट फिल्ममा एउटा मजदुरले लकडाउनको समय गाउँ फर्किनलाई गरेको संघर्ष पनि देखाइएको छ।

आइतबार युट्युबमा प्रमियर भएको यो फिल्म सुनुवारले गोग्राहा फिल्मसँगको सहकार्यमा सृजनाघर, होम अफ क्रियटिभिटीले आयोजना गरेको ‘लेट्स वर्कसप, ह्यान्डस् अन इन्टेन्सिभ फिल्म मेकिङ वर्कसप’ कार्यशालाका क्रममा तयार पारेका हुन्। 

फिल्ममा किरण राईको कथा छ भने भुवन सिंह राई, सागर खत्री कामी, विकास पन्त र कुसुम दाहालको अभिनय छ।

Laxmi sunrise bank
kumari

यस्तो छ प्रमियर

प्रकाशित: Jul 19, 2021| 11:36 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्