बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पौडेल समूहबाट उपप्रधानमन्त्रीमा शशांक, प्रकाशमान र सुजाताकाे दाबी

पौडेल समूहबाट उपप्रधानमन्त्रीमा शशांक, प्रकाशमान र सुजाताकाे दाबी

कांग्रेस महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा सोमबार भएको पौडेल पक्षका नेताहरूको भेलामा शशांक, प्रकाशमान सिंह र सुजाता कोइरालाले उपप्रधानमन्त्रीमा आकांक्षा देखाएका हुन्।
 |  सोमबार, साउन ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ४, २०७८

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट उपप्रधानमन्त्रीका लागि तीन नेताले दाबी गरेका छन्। कांग्रेस महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा सोमबार भएको पौडेल पक्षका नेताहरूको भेलामा शशांक, प्रकाशमान सिंह र सुजाता कोइरालाले उपप्रधानमन्त्रीमा आकांक्षा देखाएका हुन्।

पौडेल समूहले यी तीनमध्ये एकजनालाई उपप्रधानमन्त्री बनाउन प्रस्ताव गर्ने भेलामा सहभागी एक नेताले जानकारी दिए। महामन्त्री कोइरालाले स्वास्थ्य र उपप्रधानमन्त्रीमा आकांक्षा देखाएका छन्।  नेत्री कोइरालाले यसअघि नै प्रधानमन्त्री देउवालाई फोन गरेर मन्त्री पद मागेकी थिइन्। 

भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, रामशरण महत, मिनेन्द्र रिजाल, शेखर कोइराला लगायतका नेताहरू सहभागी थिए। यस्तै पौडेल समूहबाट मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडु मन्त्री बन्ने चर्चामा छ।

सम्बन्धित सामग्री-

माधव नेपालको सूची पर्खंदै देउवा, मन्त्री बन्न र बनाउन 'लबिङ'

कांग्रेसमा मन्त्रीका आकांक्षी धेरै, कुन समूहबाट कसको चर्चा?

 

 


 

प्रकाशित: Jul 19, 2021| 11:14 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।