काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने आश्वासन दिएका छन्।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको टेलिफोन संवादमा मोदीले नेपाललाई छिट्टै कोभिड–१९ विरुद्धको भ्याक्सिन आपूर्ति गराउने आश्वासन दिएका हुन्।
टेलिफोन कुराकानीमा मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिएको र दुई देशको हितका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले ट्विट गर्दै जनाएको छ।
भारतको सिरम इन्स्टिच्युट अफ इण्डियासँग नेपालले खरिद गरेको २० लाख डोज कोभिशिल्डमध्ये १० लाख खोप ल्याउन बाँकी छ।
In a cordial telephone conversation today, Prime Minister of India @narendramodi congratulated Prime Minister @DeubaSherbdr. The two PMs discussed further strengthening of bilateral relations. PM India assured early supply of COVID Vaccines to Nepal.@PaudyalBR @sewa_lamsal
— MOFA of Nepal ?? (@MofaNepal) July 19, 2021