बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवा सरकार 'टालाटुली बटुली कति राम्री पुतली'जस्तै : ओली

देउवा सरकार 'टालाटुली बटुली कति राम्री पुतली'जस्तै : ओली

‘प्रतिक्रियावादीहरुले गर्ने हमला परास्त गर्न संगठन निर्माण गर्नुपर्छ। एमाले सरकारले गरेको राम्रो कामको प्रचार गर्दै वर्तमान सरकारको भण्डाफोर अभियान चलाउनुपर्छ।’
 |  सोमबार, साउन ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ४, २०७८

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारलाई कवाडीको रिसाइकलबाट बटुलेर बनाइएको टालाटुली बटुली कति राम्री पुतली’ को संज्ञा दिएका छन्। एमाले केन्द्रीय कमिटीको सोमबार बसेको बैठकमा सम्बोधन गर्दै उनले देउवाले भाँडाकुटी बटुलेजसरी विश्वासको मत लिएको टिप्पणी गरेका हुन्।

उनले भने, ‘देउवाले लिएको विश्वासको मत कबाडीको रिसाइकलबाट भाँडाकुटी बटुलेर बनेको टालाटुली बटुली कति राम्री पुतली भनेजस्तै हो।’ उनले कांग्रेसमाथि विगतदेखि नै आफैं आक्रमण गर्ने र आफैं मुद्दा हाल्ने पार्टी रहेको आरोप लगाए। यस्तै माओवादी केन्द्र अपराध कर्म गरेर आएको भन्दै अहिले शिथिल रहेको उनको भनाइ छ।

पूर्वप्रधानमन्त्री ओलीले अब सत्ताको दुरुपयोग गरेर सबैतिरबाट एमालेमाथि हमला हुने बताए। उनले भने, ‘अब जनविरोधी काम सुरु गर्छन्। हाम्रो पंक्तिमाथि हुने सम्भाव्य षड्यन्त्र र आक्रमण अनुमान गरेका छौं।’ त्यसैले आवश्यकताअनुसार परिआए जुझारु ढंगले सशक्त प्रतिवादका लागि तयार रहन पनि उनले कार्यकर्तालाई निर्देशन दिए। 

‘प्रतिक्रियावादीहरुले गर्ने हमला परास्त गर्न संगठन निर्माण गर्नुपर्छ। एमाले सरकारले गरेको राम्रो कामको प्रचार गर्दै वर्तमान सरकारको भण्डाफोर अभियान चलाउनुपर्छ।’

उनले भने, ‘प्रतिक्रियावादीहरुले गर्ने हमला परास्त गर्न संगठन निर्माण गर्नुपर्छ। एमाले सरकारले गरेको राम्रो कामको प्रचार गर्दै वर्तमान सरकारको भण्डाफोर अभियान चलाउनुपर्छ।’

ओलीले आफूहरूले १० बुँदे स्वीकार गरे पनि माधव नेपाल पक्षले अस्वीकार गरेको भन्दै रोष प्रकट गरे। ओलीले भने, ‘ हिजोसम्म बैठकमा आउन आह्वान गर्ने काम भयो।कोटेश्वर पुगेका कार्यदललाई अल्पमतको बैठकमा जान्न भन्ने जबाफ आयो।’

यस्तै ओलीले भीम रावललाई राजीनामाबारे पुनर्विचार गर्न आग्रह गरे। ओलीले भने, ‘देउवालाई विश्वासको मत नहालौं पार्टी एकताबद्ध बनाऊँ भन्दा म विधि निर्णय मान्दिनँ एक्लै भए पनि भोट हाल्छु भनेर हप्काएर पठाए। अनि हतारिएर किन राजीनामा दिएको? सकिन्छ भने राजीनामा फिर्ता लिनुहोला।’

अध्यक्ष ओलीले एमाले चिचिलो काँक्रो जस्तो अरूले औंला ठडाएर  देखाउँदा झरेर नजाने बताए। उनले भने, ‘यो त जनताको अपार समर्थन भएको पार्टी हो।’ 

प्रकाशित: Jul 19, 2021| 08:29 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।