काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केपी शर्मा ओली पक्षको स्थायी कमिटी बैठक ओली निवास बालुवाटारमा बस्ने भएको छ। ओलीले केन्द्रीय कमिटीको बैठक लगत्तै स्थायी कमिटीको बैठक बोलाएका हुन्।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसदलाई कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा छलफल हुने बताइएको छ।
बैठकका लागि ओली पक्षका स्थायी किमिटी सदस्यहरू बालकोट पुग्ने क्रम सुरु भएको छ। यसअघि बसेको केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।