काठमाडौं– नेकपा एमालेले शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने २२ सांसदमाथि २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतमाथि कारबाही गर्ने निर्णय गरेको हो। बैठकले माधवकुमार नेपालले गुटबन्दीको नेतृत्व गरेर गद्दारी गरेको ठहर गरेको छ।
देउवाले संसद्मा विश्वासको मत लिनका लागि भएको मतदानमा एमाले वरिष्ठ नेता नेपालसहित २२ सांसदले पक्षमा मतदान गरेका थिए। यस्तै फ्लोर क्रस गने सबैलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए। गल्ती स्वीकार गरेर आउनेलार्ई अन्तिम अवसर दिने निर्णय गरिएको छ।
बैठकले दसबुँदे सहमति पारित गरेको छ। एमालेको विधान समाधान लागि गठित कार्यदलले १० बुँदे सहमति गरेको थियो। अर्को बैठक भोलि ३ बजे बस्ने पार्टीले जनाएको छ।