बिहीबार, भदौ ४, २०८३

आर्थिक संकटमा गौशाला, गाईको विचल्ली हुने डर

निजी क्षेत्रको लगानीमा सञ्चालन भएको धनगढीको गौशाला चरम आर्थिक समस्यामा परेको छ। पौने २ करोड बजेट लगानीमा २ वर्षदेखि सञ्चालित गौशाला आयस्रोत अभावमा तथा दानदातव्य घट्दै गएपछि आर्थिक समस्या बढेको सञ्चालक समितिले जनाएको छ।
 |  सोमबार, साउन ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ४, २०७८

धनगढी- निजी क्षेत्रको लगानीमा सञ्चालन भएको धनगढीको गौशाला चरम आर्थिक समस्यामा परेको छ। पौने २ करोड बजेट लगानीमा २ वर्षदेखि सञ्चालित गौशाला आयस्रोत अभावमा तथा दानदातव्य घट्दै गएपछि आर्थिक समस्या बढेको सञ्चालक समितिले जनाएको छ।

‘सडकमा छाडा चौपाय बढेपछि तिनलाई नियन्त्रण गर्न हामीले गौशाला बनाएका हौं,’ गौसंरक्षण केन्द्रका सचिव सीताराम अवस्थीले भने, ‘अहिलेसम्म दान तथा दाताका सहयोगमा चलिरहेको थियो। अहिले दाता घट्दैछन्, आय स्रोत पनि केही छैन।’

धनगढी उप–महानगरपालिका–३ मोहना घाटमा रहेको गौशालामा १ सय ५० बढी गाई अटाउने संरचना, आवास र दाना राख्ने भण्डार निर्माण भएको हो। संरचना निर्माणमा ५५ लाख विभिन्न सरकारी निकायबाट उपलब्ध भएको र १ करोड १५ लाख निजी क्षेत्रबाट संकलन भएको सचिव अवस्थीले बताए।

आम्दानी अभावमा नियमित खर्च धान्न पनि गाह्रो भएको सचिव अवस्थीले बताए। गाईको संख्या बढ्दै जाँदा हेरालु राख्नुपर्ने भए पनि आर्थिक अभावका कारण हेरालु राख्न नसकिएको उनले बताए। ‘आर्थिक समस्याका कारण हामीले ३ जना मात्रै हेरालु राखेर काम चलाइरहेका छौं,’ उनले भने।

आर्थिक समस्याले गर्दा थप गाई राख्न समेत समस्या भएको छ। गौशालामा हाल ६५ गाई छन्, जसमध्ये ४० गाई सडकबाट लयाइएका हुन्।

भएका हेरालुलाई पनि पारिश्रमिक दिन नसकिने अवस्था आएको उनी बताउँछन्। हालसम्म ८५ जना मुठ्ठी दाताले उपलब्ध गराउने आर्थिक सहयोगले गौशाला सञ्चालन भइरहेको उनले बताए।

‘मुठ्ठी दानबाट मासिक ३५ हजार उठ्ने गरेको छ,’ उनले भने, ‘सो रकमले त हेरालुलाई पनि पुग्दैन। आर्थिक समस्याले गर्दा थप गाई राख्न समेत समस्या भएको छ।’गौशालामा हाल ६५ गाई छन्, जसमध्ये ४० गाई सडकबाट लयाइएका हुन्।

‘सडकमा छाडिने गाईको संरक्षण स्थानीय सरकारले गर्नुपर्ने हो,’ उनले भने, ‘दाताको सहयोगमा हामी आफैंले धेरै काम गरेका छौं, अब हेरालु व्यवस्थापन स्थानीय सरकारले गर्नु पर्दछ।’

गौशालामा गाईको संख्या थप्न दबाब आए पनि आहारा र हेरालुको व्यवस्थापन हुन नसक्दा थप गाई राख्न नसकिएको उनले बताए। हाल गौशालामा रहेका चार, पाँचवटा गाई मात्र दुहुना छन् बाँकी सबै थारो गाई छन्। तिनलाई बेला, बेला भिटामिन औषधि खुवाउन पनि गौशालाको खर्च हुने गरेको छ।

गौशालामा भौतिक संरचना निर्माण गर्न सरकारी क्षेत्रबाट केही बजेट आएको भए पनि गाई पाल्न कुनै निकायले सहयोग नगरेको गौसंरक्षण समितिका उपाध्यक्ष चेतराज पाण्डेले बताए।

‘१ सय ८ गाई राख्न मिल्ने भवन जनश्रमदानबाट निर्माण भएको हो,’ उपाध्यक्ष पाण्डेले भने, ‘अन्य दुई वटा संरचना सरकारी लगानीमा निर्माण गरिएका हुन् तर गाईको आहारामा सहयोग पाइएको छैन अब गाई कसरी पाल्ने भन्ने समस्या छ।’

हालसम्म गौशालामा एक करोड ७५ लाख बढी रकम संकलन भए पनि सबै रकम संरचना निर्माणमा खर्च भएको उनले बताए।

गौसंरक्षण समितिका महासचिव रघुबिर भट्टले गाई पाल्न आर्थिक सहयोग नपाए गौशालामा राखेका गाई सडकमा छोड्नुपर्ने बाध्यता आउनसक्ने चिन्ता व्यक्त गरे।

‘गौशालामा हेरालुको व्यवस्थापन गर्न उप–महानगरपालिकालाई पटक–पटक आग्रह गरेका हौं,’ उनले भने, ‘अहिलेसम्म नगरले जिम्मा लिन मानेको छैन।’ गौसंरक्षण समितिका महासचिव रघुबिर भट्टले गाई पाल्न आर्थिक सहयोग नपाए गौशालामा राखेका गाई सडकमा छोड्नुपर्ने बाध्यता आउनसक्ने चिन्ता व्यक्त गरे।

गौशालामा केही गाई सर्वसाधारणका घरबाट गौशालामा ल्याइएका छन्। त्यसरी गाई ल्याउँदा गाईधनीले केही सहयोग गर्ने गरेका छन्। ‘त्यसरी गाई ल्याउँदा समिति आर्थिक प्रलोभनमा पर्‍यो भन्ने आक्षेप आउने थाल्यो त्यसले गर्दा पनि घरबाट गाई ल्याएर गौशालामा राख्न सक्ने अवस्थामा पनि छैनौं’ उनले भने, ‘कसैले सहयोग नगरे सडकबाट उठाएर ल्याएका गाई पनि पाल्न सकिने स्थिती छैन।’

गाईबाट उत्पादन हुने मल, गहुँत, दूधको सदुपयोग गर्दै भविष्यमा गौशालालाई आत्मनिर्भर बनाउने योजना रहेको भए पनि कोरोना संक्रमणका कारण योजना अनुसार काम नभएको सचिव सीतारम अवस्थीले बताए।

‘हामीले गाईको गहुँत प्रशोधन गरी बिक्री गर्ने, गोबरबाट धुप उत्पादन गर्ने, दूधका विभिन्न परिकार तयार पारी वितरण गर्ने, प्राङगारिक मल उत्पादन गर्ने योजना बनाएका थियौं’ उनले भने, ‘तर कोरोना संक्रमणका कारण हाम्रा योजना अलपत्र परेका कारण गौशाला संकटमा परेको छ।’ गहुँत प्रशोधन गरी मल बनाउने मेसिन गौशालामा ल्याइएको भए पनि जडान हुन सकेको छैन।

गाईबाट उत्पादन हुने मल, गहुँत, दूधको सदुपयोग गर्दै भविष्यमा गौशालालाई आत्मनिर्भर बनाउने योजना रहेको भए पनि कोरोना संक्रमणका कारण योजना अनुसार काम नभएको सचिव सीतारम अवस्थीले बताए।

धनगढी उप–महानगरपालिका–३ स्थित शान्ति सामुदायकि वनले गौसंरक्षण केन्द्रलाई हस्तान्तरण गरेको डेढ विगाह जमिनमा गौशाला निर्माण गरिएको हो।

नदी कटानको जोखिम

आर्थिक संकट झेलिरहेको गौशाला नदी कटान जोखिममा परेको छ। गौशालाको पश्चिमबाट बग्ने मोहना नदीले जमिन कटान गरिरहेको छ। ‘यस वर्ष कटान झनै तीव्र बनेको छ। नदी नियन्त्रण भएन भने गौशाला जोखिममा पर्छ,’ स्थानीय विरबहादुर शाहीले भने।

मोहन नदी गौशालाबाट डेढ सय मिटर मात्रै टाढा रहेको छ। स्थानीयका अनुसार यस वर्ष मोहना नदीले गौशालातर्फको जमिनमा तीव्र कटान गरिरहेको छ। ‘गौशाला बगे हामीले ठूलो क्षेति व्यहोर्नुपर्ने छ,’ स्थानीय श्याम शाहीले भने, ‘समयमै नदी नियन्त्रण नगरे गौशाला धेरै नरहने पक्का छ।’

धनगढी–३ का वडा अध्यक्ष बलबहादुर ऐरले भने नदी नियन्त्रणका लागि पहल भइरहेको बताए। ‘मोहना नदीमा तटबन्ध बनाउने काम कञ्चनपुरमा रहेको जनताको तटबन्धन कार्यालयले गर्दो रहेछ,’ उनले भने, ‘हामीले सो कार्यालयमा निवेदन दिएका छौं, आगमी वर्ष योजना आउँछ होला।’

प्रकाशित: Jul 19, 2021| 06:40 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।