आइतबार, चैत ८, २०८२

शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्तिका विषयमा शिक्षक नेता र प्रधानमन्त्रीबीच छलफल

शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्तिको विषयमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शिक्षक संगठनका नेताहरुले छलफल गरेका छन्। 
 |  सोमबार, साउन ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ४, २०७८

काठमाडौं-  शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्तिको विषयमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शिक्षक संगठनका नेताहरुले  छलफल गरेका छन्। 

National life

नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौला, स्थायी शिक्षक हकहित मञ्चका संयोजक रमेश भट्टराईलगायतले प्रधानमन्त्री देउवालाई भेटेर शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति, शिक्षक परिचयपत्र, शिक्षक र निजामती कर्मचारीबीचको विभेदका विषयमा छलफल गरेका हुन्।

प्रधानमन्त्रीलाई पछिल्लो समय शिक्षकका मुद्दालाई राज्यले उपहास गरेको भन्दै पर्यटन काज, शिक्षकका छोराछोरीलाई छात्रवृत्ति, बीमा, शिक्षक मर्यादाक्रम, बाल विकास र विद्यालयका कर्मचारीको तलब संघबाटै जारी गर्नुपर्ने, नयाँ शिक्षक दरबन्दी सिर्जना, संघीय शिक्षा ऐन जारी गर्नेलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको संयोजक भट्टराईले जानकारी दिए।

उनले भने, ‘प्रधानमन्त्री शिक्षकका मुद्दामा सकारात्मक हुनुहुन्छ। हामीले आज ध्यानाकर्षण गराएका छाैं। बृहत् रूपमा भोलि छलफल हुन्छ। शिक्षकका मुद्दालाई तत्काल निकास दिनेमा हामी विश्वस्त छौं।’

शिक्षामन्त्री श्रेष्ठको स्वार्थ नमिल्दा आयोग सात महिनादेखि पदाधिकारीविहीन, शिक्षक नियुक्ति र बढुवा ठप्प

Laxmi sunrise bank
kumari

एकै खालको परिचयपत्र नहुँदा पहिचानविहीन बने शिक्षक

प्रकाशित: Jul 19, 2021| 06:13 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्