धनगढी- अछाममा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्लाको मंगलसेन नगरपालिका–१४, कालागाउँमा जेसीबी दुर्घटना हुँदा ढकारी गाउँपालिका–२ का ३७ वर्षीय रामबहादुर साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर दिपेन्द्र शाही र बिरेन्द्र शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए। उनीहरूलाई उपचारका लागि सदरमुकाम मंगलसेन पठाइएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए।
कालागाउँस्थित ठाँटीबाट खाँटतर्फ गइरहेको अनटेस्ट जेसीबी सडक भन्दा ७० मिटर तल खसेको अर्यालले बताए। उनले चालक फरार रहेको र उनको खोजी भइरहेको बताए।