काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन्। प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि समकक्षी खानले देउवालाई बधाई दिएका हुन्।
पाकिस्तानी प्रधानमन्त्री खानले ट्वीट गर्दै आफूले नेपालसँगको सौहाद्रपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन चाहेको बताएका छन्। उनले चासोका विषयमा नेपालसँग निकट रूपमा रहेर काम काम गर्ने बताएका छन्।