बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बुटवलको सडकमा खाल्डैखाल्डा, मन्त्री नै ओहोरदोहोर गर्दा पनि देख्दैनन् (फोटो फिचर)

बुटवलको सडकमा खाल्डैखाल्डा, मन्त्री नै ओहोरदोहोर गर्दा पनि देख्दैनन् (फोटो फिचर)

लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलको बजार क्षेत्रको सडकमा परेको खाल्डाखुल्डीले यात्रु र चालकले निकै सास्ति पाएका छन्। हिउँदमा धुलाम्य हुने सडक अहिले पोखरी जस्तै बनेको छ। 
 |  सोमबार, साउन ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ४, २०७८

बुटवल- लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलको बजार क्षेत्रको सडकमा परेको खाल्डाखुल्डीले यात्रु र चालकले निकै सास्ति पाएका छन्। हिउँदमा धुलाम्य हुने सडक अहिले पोखरी जस्तै बनेको छ। 

प्रदेश सरकार र नेपालकै उत्कृष्ट बुटवल उपमहानगरको आँखा अगाडिको सडकको बेहालमा भने कसैको नजर पर्न सकेको छैन। बुटवलदेखि गोलपार्कसम्मको साँढे ३ किलोमिटर सडक समयमा निर्माण नहुँदा चालक तथा यात्रुले निकै सास्ति पाइरहेका छन्। व्यापारिक मार्ग विस्तार आयोजना वेलहिया बुटवल सडक आयोजनाले समयमा निर्माण नसक्दा सडकको यात्रा जोखिमपूर्ण बनेको हो।

खाल्डाखुल्डीको कारण दिनहुँ जसो सडक दुर्घटना हुने गरेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लिनारायण पाण्डेले बताउँछन्। उनका अनुसार समयमा सडक निर्माण नभएकै कारण बुटवलको सडक क्षेत्र दुर्घटनाका हिसाबले जोखिमपूर्ण बनेको हो। बुटवल राजमार्ग चौराहादेखि चिडियाखोलासम्म साँढे ३ किलोमिटर सडक विस्तार आयोजना निर्माण नभएकै कारण सडक खाल्डाखुल्डी भएको हो। 

गत माघदेखि काम सुरु गर्नेगरि आयोजना सुरु भएको थियो। तर, निर्माण कम्पनी द कञ्चनजंगा विरुवा जेवि काठमाडौंले समयमा काम नगर्दा जनताले सास्ति खेप्नु परेको हो।

सम्झौता अनुसार २०७६ असोज १२ गते काम सम्पन्न गर्नुपर्ने थियो। तर, सडक सीमा भित्र घर भएकाहरूले पटक-पटक अदालतमा मुद्दा दिएकाले काम रोकिएको सडक विस्तार आयोजनाका प्रमुख जयलाल मरासिनीले बताए। उनले अहिले कम्पनीले काम सुरु गरेको भए पनि अत्यधिक वर्षातका कारण सडक खाल्डाखुल्डी बनेको बताए।

‘सडक खाल्डाखुल्डी हुँदा यात्रु र चालकलाई समस्या परेको गुनासो आएको छ। पानी रोकिनासाथ काम हुन्छ,’ उनले भने। तेस्रो पटक २०७९ साल असार ३२ गते निर्माण सम्पन्न गर्ने गरि म्याद थप भएको हो। ४७ करोड २७ लाखमा ठेक्का सम्झौता भएको हो। पहिले अदालतलाई देखाएर रोकिएको निर्माण अहिले ठेकेदारकै लापरबाहीले रोकिएको स्थानीयको गुनासो छ।

प्रकाशित: Jul 19, 2021| 03:45 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।