काठमाडौं- प्रदेश १ सरकारले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। प्रदेश सरकारले विभिन्न स्थानीय तहमा विभिन्न क्षेत्रमा कर्मचारीको माग गरेको हो।
सरकारले २३० जना प्राविधिक कर्मचारी माग गरेको प्रदेश लोकसेवा आयोग विराटनगरले जनाएको छ। नायव प्राविधिक सहायक चौथो, पशु स्वास्थ्य प्राविधिकलगायत कर्मचारी माग गरिएको आयोगले जनाएको छ।

