काठमाडौं- नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अबदेखि बालुवाटारमा पार्टीका बैठक नगर्ने प्रतिबद्धता गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही दिनअघि कांग्रेसको पदाधिकारी बैठक बसेपछि तीव्र आलोचना भएको थियो। त्यसपछि कांग्रेसकै केन्द्रीय सदस्य गगन थापा लगायतले त्यसो नगर्न सभापति देउवालाई आग्रह गरेका थिए।
पार्टी कार्यालयमा धर्ना भएका कारण पदाधिकारी बैठक बालुवाटारमा राख्नुपरेको बताउँदै देउवाले अब त्यस्तो नगर्ने बताएको थापाले ट्विटरमार्फत जानकारी दिएका छन्।