काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका खोप केन्द्रको निरीक्षण गर्ने भएका छन्। प्रधानमन्त्री देउवाले कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको आज स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने कार्यतालिका रहेको छ।
आजदेखि अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप सुरु भएको छ। सोही क्रममा प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्वास्थ्य संस्थाहरूको स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।