बिहीबार, भदौ ४, २०८३

आजदेखि सिंगल डोजको जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

कोरोना भाइरसकोविरुद्धको खोप अभियानअन्तर्गत आज साउन ४ गते सोमबारदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप पहिलो डोज लगाइँदै छ।
 |  सोमबार, साउन ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ४, २०७८

काठमाडौं– कोरोना भाइरसकोविरुद्धको खोप अभियानअन्तर्गत आज साउन ४ गते सोमबारदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप पहिलो डोज लगाइँदै छ। अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटीमार्फत सहयोगमा आएको खोप काठमाडौं जिल्लामा आजदेखि लगाइने भएको हो।

यो खोप एक पटक मात्रै अर्थात सिंगल डोज लगाए पुग्ने छ। काठमाडौंका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म यो खोप लगाइने छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइने छ।

आज बिहान १० बजेदेखि देशका विभिन्न स्थानहरुमा खोप अभियान प्रारम्भ हुनेछ। अमेरिकाबाट गत सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो।

प्रकाशित: Jul 19, 2021| 01:34 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।