बिहीबार, भदौ ४, २०८३

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशभर मनसुन सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज  प्रदेश १, बागमती‚ गण्डकी‚ लुम्बिनी र  सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको  सम्भावना रहेको महाशाखाको भनाइ छ। 
 |  सोमबार, साउन ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ४, २०७८

काडमाडौं- आज देशभर मनसुन सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज  प्रदेश १, बागमती‚ गण्डकी‚ लुम्बिनी र  सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको  सम्भावना रहेको महाशाखाको भनाइ छ। 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा अति भीषण वर्षा हुने महाशाखाको पूर्वानुमान छ। सोमबार बिहान देशभरको मौसम बदली रही प्रदेश १, बागमती‚ गण्डकी र  सुदूरपश्चिम प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

सोमबार दिउसो पनि प्रदेश १, गण्डकी, लुम्बिनी  र सुदूरपश्चचिम प्रदेशका थोरै स्थान भीषण वर्षाको  सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने अति भीषण वर्षाको सम्भावना रहेको छ।

सोमबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  गण्डकी , लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थान भीषण वर्षाको  सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Jul 19, 2021| 01:14 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।