काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले भष्मासुरलाई बिदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गर्न सफल भएको प्रतिक्रिया दिएका छन्।
उनले आइतबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपाको दुई तिहाइ बहुमत कांग्रेस गठबन्धनमा सर्यो। १२ बुँदे समझदारी र शान्तिसम्झौताका सहकर्मीहरूको टुटेको कडी जोडियो।’ डा. भट्टराईले पर्दापछाडिका खेलाडीको खेलमा तत्काल विराम लागेको पनि स्पष्ट पारेका छन्।
अन्तत:भष्मासुरलाई विदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गरियो!नेकपाको२/३बहुमत कांग्रेस गठबन्धनमा सर्यो!१२-बुॅदे समझदारी र शान्तिसम्झौताका सहकर्मीहरूको टुटेको कडी जोडियो।पर्दा पछाडिका खेलाडीहरूको खेलमा तत्काल विराम लाग्यो।तर नबिर्सौं: Eternal vigilance is the price of liberty!
— Baburam Bhattarai (@brb1954) July 18, 2021