बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मतदानमा सहभागी नभएका भुसालले भने, अब पार्टी जोगाइनेछ

मतदानमा सहभागी नभएका भुसालले भने, अब पार्टी जोगाइनेछ

एमाले नेता घनश्याम भुसालले संसदलाई जोगाइएकाले अब आफूहरूको ध्यान पार्टी जोगाउनमा केन्द्रित हुने बताएका छन्।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– एमाले नेता घनश्याम भुसालले संसदलाई जोगाइएकाले अब आफूहरूको ध्यान पार्टी जोगाउनमा केन्द्रित हुने बताएका छन्। संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि सामाजिक सञ्जालमार्फत भुसालले यस्तो भनाइ सार्वजनिक गरेका हुन्। यद्यपि भुसाललगायत एमाले माधव नेपाल समूहका केही सांसद मतदान प्रक्रियामा सहभागी भएका थिएनन्। उनीहरू मतदान हुनुभन्दा केही समयअघि मात्र संसद् भवनबाट बाहिरिएका थिए।

भुसालले सामाजिक सञ्जालमा लेखेको छन्, ‘संसद जोगाउनु पर्थ्यो, जोगिएको छ। अब पार्टी जोगाउनु पर्नेछ, जोगाइनेछ।’ उनले अहिले सबै ठूलो दुर्घटनामा परेको र यथास्थितिमा कोही पनि सुरक्षित नरहेको दाबी गरेका छन्। भुसालले भनेका छन्, ‘हामी उठ्छौं, धुलो टक्टक्याउँछौं र अगाडि बढ्छौं।’

भुसालसहितका नेताहरु मतदान प्रक्रिया सुरु हुनुभन्दा पहिला नै संसद् भवनबाट बाहिरिएका थिए। यसरी निस्कनेमा भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्टलगायत थिए।

पार्टी एकता लागि भन्दै आफूहरू तटस्थ बस्न लागेको नेता सुरेन्द्र पाण्डेले बताएका थिए। उनले भनेका थिए,  ‘हामी पार्टी एकताका लागि गठित कार्यदलमा रहेर हस्ताक्षर गरेकाले पनि कुनै पक्षमा भोट नदिने पक्षमा छौं।’ 

प्रकाशित: Jul 18, 2021| 17:38 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।