बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवाले विश्वासको मत पाएपछि नेपालले भने- निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको छ, यो जनताको जित हो

देउवाले विश्वासको मत पाएपछि नेपालले भने- निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको छ, यो जनताको जित हो

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि निरंकुश प्रवृत्तिमाथि अंकुश लागको प्रतिक्रिया दिएका छन्।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि निरंकुश प्रवृत्तिमाथि अंकुश लागको प्रतिक्रिया दिएका छन्।

उनले मतदानबाट बाहिरिएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भने, 'निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको छ। यो जनताको जित हो। लोकतन्त्रको जित हो। संविधानको जित हो।’

नेपालले पटकपटक प्रतिनिधिसभा पटकपटक विघटन गरेर यसले स्थायित्व दिन सक्दैन भनेर जुन हिसाबले कदम चालिएको थियो, त्यो कार्य सतप्रतिशत गलत रहेछ भन्ने पुष्टि भएको बताए। उनले भने, ‘यसले संविधान जोगिएको छ। संविधान निर्माताको भावनाको सम्मान भएको छ।’ नेता नेपालले सर्वोच्च अदालतको फैसला ऐतिहासिक रहेको पनि बताए। उनले भने, ‘हामीले त्यसको उचित कदर गरेका छौं। यसका निम्ति सबै सांसद धन्यवादका पात्र हुनुहुन्छ।’

एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा मतदान गरेका छन्। प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। देउवा पाँच दलीय गठबन्धन कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल पक्षको समर्थनमा प्रधानमन्त्री भएका हुन्। विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल अर्थात् आगामी डेढ वर्षसम्म सरकार चलाउनेछन्। स्थानीय तह र संसदीय निर्वाचन गराउने दायित्व पनि देउवा सरकारले नै पूरा गर्नेछ।

प्रकाशित: Jul 18, 2021| 17:10 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।