बिहीबार, भदौ ४, २०८३

विश्वासको मत पाएपछि मात्रै देउवालाई मोदीको बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्।

प्रधानमन्त्री नियुक्त भएको छैटौं दिन मोदीले देउवालाई बधाई दिएका हुन्। देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएपछि आइतबार राति मोदीले बधाई दिँदै ट्विट गरेका हुन्। मोदीले देउवाको सफल कार्यकालको कामना पनि गरेका छन्।

विश्वासको मत पाएपछि मोदीले देउवलाई टेलिफोन गरेर पनि बधाई दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै भारतीय प्रधानमन्त्रीले बधाई दिने चलन थियो।

सर्वोच्च अदालतको २८ असारको परमादेशबाट देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए। उनले आज आइतबार राति प्रतिनिधिसभामा विश्वासको मत पाएका छन्। 

 

प्रकाशित: Jul 18, 2021| 17:03 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।