काठमाडौं– प्रमुख प्रतिपक्षी दल एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा मतदान गरेका छन्। यसरी मतदान गर्नेमा नेपाल पक्षका १४ सांसद छन्। देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने र गोपाल बम छन्।
यस्तै देउवालाई मतदान गर्ने नेपाल समूहका अन्य सांसदमा सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री र कृष्णलाल महर्जन छन्।
एमालेकै ओली पक्षका हीरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले, कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाका पक्षमा मतदान गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत पाएका हुन्। त्यस्तै देउवालाई ८३ जना सांसदले विश्वासको मत दिएनन्। यस्तै एक सांसद तटस्थ बसेका थिए। मतदानमा २४९ सांसद सहभागी रहेकाे सभामुख अग्नि सापकाेटाले जानकारी दिए।
एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका जसपाका महन्थ ठाकुर पक्षका सांसदहरुले समेत साथ दिएपछि उनले सजिलै विश्वासको मत प्राप्त गरेका हुन्।
देउवालाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले मत दिएका छन्। त्यस्तै एमालेको ओली पक्षका केही सांसदले पनि विश्वासको मत दिएका छन्।
एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका जसपाका महन्थ ठाकुर पक्षका सांसदहरुले समेत साथ दिएपछि उनले सजिलै विश्वासको मत प्राप्त गरेका हुन्।
प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। देउवा पाँच दलीय गठबन्धन कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल पक्षको समर्थनमा प्रधानमन्त्री भएका हुन्। विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल अर्थात् आगामी डेढ वर्षसम्म सरकार चलाउनेछन्। स्थानीय तह र संसदीय निर्वाचन गराउने दायित्व पनि देउवा सरकारले नै पूरा गर्नेछ।
देउवालाई विश्वासको मत दिने एमाले सांसदहरु
माधवकुमार नेपाल
भवानी खापुङ
मुकुन्द न्यौपाने
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
कल्याणी खड्का
मेटमणि चौधरी
पार्वती विशुंखे
हीरा केसी
कृष्णकुमार श्रेष्ठ किसान
गोपाल बम
प्रेमबहादुर आले
लक्ष्मी चौधरी
निरादेवी जैरू
रामकुमारी झाँक्री
धनबहादुर बुढा
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण
कलिला खातुन
सविना हुसेन
कृष्णलाल महर्जन