बिहीबार, भदौ ४, २०८३

यी हुन् देउवालाई मतदान गर्ने ओली समूहका ८ सांसद

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रम जारी छ। एमालेको संस्थापन पक्ष रहेका केही सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन्।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– एमालेको संस्थापन पक्ष अर्थात् केपी ओली पक्षमा रहेका आठ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन्। केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेसहित आठ सांसदले देउवालाई विश्वासको मत दिएका हुन्।

त्यस्तै तनहुँबाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन्। उनीहरु विश्वासको मतका पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै लबीमा प्रवेश गरेका थिए। देउवालाई मत दिन ओली समूहका अन्य सांसदमा हीरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिमा हुसेन छन्।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत हाल्ने सांसद एमालेमा नरहने बताएका थिए। पार्टीको स्थायी कमिटी बैठकपछि आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रतिपक्षीले सरकारलाई विश्वासको मत दिने कुरै हुँदैन भन्दै एमालेका कोही सांसदले देउवालाई मत दिए ती सांसद एमालेमा नरहेको स्वतः स्पष्ट हुने बताएका थिए। 

 

प्रकाशित: Jul 18, 2021| 16:21 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।