बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत पाएका हुन्। त्यस्तै देउवालाई ८३ जना सांसदले विश्वासको मत दिएनन्। यस्तै एक सांसद तटस्थ बसेका थिए। मतदानमा २४९ सांसद सहभागी रहेकाे सभामुख अग्नि सापकाेटाले जानकारी दिए।

देउवालाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले मत दिएका छन्। त्यस्तै एमालेको ओली पक्षका केही सांसदले पनि विश्वासको मत दिएका छन्।

एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका जसपाका महन्थ ठाकुर पक्षका सांसदहरुले समेत साथ दिएपछि उनले सजिलै विश्वासको मत प्राप्त गरेका हुन्।

प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। देउवा पाँच दलीय गठबन्धन कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल पक्षको समर्थनमा प्रधानमन्त्री भएका हुन्। विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल अर्थात् आगामी डेढ वर्षसम्म सरकार चलाउनेछन्। स्थानीय तह र संसदीय निर्वाचन गराउने दायित्व पनि देउवा सरकारले नै पूरा गर्नेछ।

प्रकाशित: Jul 18, 2021| 16:26 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।