बिहीबार, भदौ ४, २०८३

देउवा प्रधानमन्त्री भएपछि ओलीसँग पहिलो भेट 

एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन्। 
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा ओली बैठकमा सहभागी भएका हुन्। देउवा प्रधानमन्त्री भएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको यो पहिलो भेट हो। देउवाको शपथ ग्रहण समारोहमा पनि ओली सहभागी थिएनन्।

विश्वासको प्रस्तावमाथि भएको छलफलका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाले ओली बैठकमा नआएको बारे कुरा उठाएका थिए। दाहालले ओलीले आजको संसद बैठकबाट आफ्नो कुरा राख्ने अपेक्षा गरेको बताएका थिए। प्रधानमन्त्री देउवाले ओली आएको भए आफू खुसी हुने बताएका थिए। ओलीले  बैठकस्थलमा प्रधानमन्त्री देउवासँग हात मिलाएका छन्। 

प्रकाशित: Jul 18, 2021| 15:55 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।