बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुरेन्द्र पाण्डे भन्छन्– एमाले एकताका लागि तटस्थ बस्न लागेका हौं

सुरेन्द्र पाण्डे भन्छन्– एमाले एकताका लागि तटस्थ बस्न लागेका हौं

‘हामी पार्टी एकताका लागि गठित कार्यदलमा रहेर हस्ताक्षर गरेकाले पनि कुनै पक्षमा भोट नदिने पक्षमा छौं।’
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– एमालेको माधवकुमार नेपाल समूहका १५ जना सांसद सांसद प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतदानमा सहभागी नहुने भएका छन्। पार्टी एकता लागि भन्दै आफूहरू तटस्थ बस्न लागेको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए।

उनले भने, ‘हामी पार्टी एकताका लागि गठित कार्यदलमा रहेर हस्ताक्षर गरेकाले पनि कुनै पक्षमा भोट नदिने पक्षमा छौं।’ उनले पार्टी एकता जोगाउनका लागि मतदान नगर्ने निर्णय भएको बताए। उनले मतदानमा तटस्थ बस्ने सन्दर्भमा बिहानैदेखि लामो छलफल गरेर निर्णय गरिएको बताए। पाण्डेले भने, हामी कतै चिया खाएर बस्छौं, हेरौं न।’ उनीसहितका १५ सांसद संसद्भवनबाट बाहिरिएका छन्।

 मतदान प्रक्रिया सुरु हुनुभन्दा पहिला नै उनीहरू संसद् भवनबाट बाहिरिएका छन्। यसरी निस्कनेमा घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्टलगायत छन्।
 

प्रकाशित: Jul 18, 2021| 15:36 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।