धनगढी- कैलालीमा जबरजस्ती करणीको मुद्दा १२ प्रतिशतले वृद्धि भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ९२ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्ष २०७७/०७८ मा १०३ मुद्दा दर्ता भएका छन्।
प्रहरी उपरीक्षक विश्व अधिकारीले गत आर्थिक वर्षमा ११.९५ प्रतिशतले जबरजस्ती करणीका मुद्धा वृद्धि भएको बताए।
यस्तै कैलालीमा आर्थिक वर्ष २०७६/०७७ मा बहुविवाहका २९ मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्षमा बढेर ४८ पुगेको छ। गत आर्थिक वर्षमा बहुविवाह ६५.५१ प्रतिशतले बढेको प्रहरी उपरीक्षक अधिकारीले बताए।