बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई लक्षित गर्दै प्रचण्डले भने- व्यक्तिगत दम्भ र अहंकारले इतिहास निर्माण हुँदैन

ओलीलाई लक्षित गर्दै प्रचण्डले भने- व्यक्तिगत दम्भ र अहंकारले इतिहास निर्माण हुँदैन

'बनेको माननीय ओलीजीले सुनिरहेको होला। व्यक्तिगत दम्भ र अहंकारले इतिहास निर्माण हुँदैन। बनेको इतिहासलाई व्यक्तिगत दम्भले निमट्यान्न पार्छु भन्ने ठान्नुभएको भए तपाईंले ब्लन्डर गर्नु भएको हो। त्यसको फल भोग्दै जानुहुन्छ अझै। तपाईंहरूले माइनस गर्न खोजेर निमोठिन्छन् भन्ने ठान्नुहुन्छ भने त्यो गतल हुन्छ,' उनले भने। 
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै व्यक्तिगत दम्भ र अहंकारले इतिहास निर्माण नहुने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनका लागि मतदान हुनुअघि संसद् बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्। 

'बनेको माननीय ओलीजीले सुनिरहेको होला। व्यक्तिगत दम्भ र अहंकारले इतिहास निर्माण हुँदैन। बनेको इतिहासलाई व्यक्तिगत दम्भले निमट्यान्न पार्छु भन्ने ठान्नुभएको भए तपाईंले ब्लन्डर गर्नु भएको हो। त्यसको फल भोग्दै जानुहुन्छ अझै। तपाईंहरूले माइनस गर्न खोजेर निमोठिन्छन् भन्ने ठान्नुहुन्छ भने त्यो गतल हुन्छ,' उनले भने। 

संसद् अधिवेशनको पहिलो बैठकमा निवर्तमान प्रधानमन्त्रीका रूपमा उपस्थित हुनुपर्ने परम्परा रहेपनि ओली अनुपस्थित भएपछि प्रचण्डले ओलीमा लोकतान्त्रिक संस्कार नभएको आरोपसमेत लगाएका छन्। 

'प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिने कार्यक्रममा पनि ओली जानु भएन। नयाँ प्रधानमन्त्रीले शपथ लिएपछि नयाँ र पुरानो प्रधानमन्त्रीको कुर्सी साटिन्थ्यो। तर उहाँ त्यहाँ जानुभएन,' प्रचण्डले थपे, 'यो अधिवेशनको यो पहिलो बैठक हो। पहिलो बैठकमा निवर्तमान प्रधानमन्त्रीका हैसियतामा उहाँकै मुखबाट उहाँका कुरा सुन्न पाउने अपेक्षा गरेका थियौँ। तर उहाँ आउनुभएन।'

उनले यो विषय सानो प्राविधिक जस्तो मात्र भएपनि लोकतान्त्रिक चरित्रको विषय भएको उनको भनाइ छ। 'यो गम्भीर नैतिकता र संस्कार र लोकतन्त्रको प्रश्न हो,' प्रचण्डले भने, 'के यो लोकतान्त्रिक संस्कार हो?'

प्रकाशित: Jul 18, 2021| 14:05 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।