बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवा उतिबेला श्री ५ बाट, अहिले श्रीमान् ५ बाट प्रधानमन्त्री : एमाले

देउवा उतिबेला श्री ५ बाट, अहिले श्रीमान् ५ बाट प्रधानमन्त्री : एमाले

एमाले नेता प्रदीप ज्ञवालीले शेरबहादुर देउवा २०७१ सालमा श्री ५ बाट र अहिले सर्वोच्च अदालतको फैसलबाट प्रधानमन्त्री बनेको बताएका छन्। 
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– एमाले नेता प्रदीप ज्ञवालीले शेरबहादुर देउवा २०७१ सालमा श्री ५ बाट र अहिले सर्वोच्च अदालतको फैसलबाट प्रधानमन्त्री बनेको बताएका छन्। ज्ञवालीले  प्रतिनिधिसभाको आइतबारको बैठकमा सम्बोधन गर्दै २०६१ सालमा प्रधानमन्त्री बनेपछि देउवाले राजाबाट आफूलाई न्याय मिलेको बताएको विषय स्मरण गर्दै उक्त कुरा बताएका हुन्।

उनले अहिले देउवा सर्वोच्च अदालतका पाँच न्यायाधीशको आदेशमा प्रधानमन्त्री बनेको बताए। प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा सुनुवाइ गर्न पाँच जना न्यायाधीश सम्मिलित संवैधानिक इजलास गठन गरिएको थियो। सोही इजलासले संसद् विघटन बदर गरेको थियो भने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको थियो। ज्ञवालीले कुनै पनि लोकतन्त्रले सर्वोच्च अदालतले प्रधानमन्त्री तोक्छ भनेर कल्पना पनि नगरेको बताए। 

ज्ञवालीले भने, ‘जतिसुकै अप्रिय भए पनि सर्वोच्च अदालतको फैसला स्वीकार्य स्वीकार्य छ।’ यद्यपि लोकतन्त्र अडिएका पिलर खलबलिएको भन्दै ज्ञवालीले चिन्ता व्यक्त गरे। उनले भने, ‘हाम्रो चिन्ता प्रणालीप्रति हो। विघटन गलत थियो भने जहाँबाट गल्ती भयो अदालतले त्यहींबाट सुधार भन्नुपर्ने थियो।’ उनले रेफ्रीले आफैंले गोल गरेर विजयी घोषणा गरिएको भन्दै आपत्ति जनाए। 

उनले एमालेका निम्ति जनता भगवान् र सर्वोच्च अदालत रहेका बताए। प्रत्येक चोटि कोरोना खोप लगाउँदा नेपाली जनताले एमालेलाई सम्झने दाबी उनले गरे। उनले २०७२ सालको भूकम्पले ध्वस्त पारेको संरचना निर्माण भइसकेकाले त्यसलाई पनि नेपाली जनताले सम्झिइरहने धारणा राखे। ज्ञवालीले सगरमाथाको उचाइ र चुच्चे नक्सालाई पनि नेपाली जनताले सम्झिइरहने बताए।

प्रकाशित: Jul 18, 2021| 13:11 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।