बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपाल पक्षको साथबिनै देउवालाई पुग्छ बहुमत, यस्तो छ अंकगणित

माधव नेपाल पक्षको साथबिनै देउवालाई पुग्छ बहुमत, यस्तो छ अंकगणित

जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने पक्का भएको छ। 
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने पक्का भएको छ। 

अन्तिम समयमा आएर महन्थ ठाकुर पक्षले देउवालाई विश्वासको मत दिने भएको हो। ठाकुर पक्षको समर्थनसँगै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहबिना नै देउवाले विश्वासको मत प्राप्त गर्ने पक्का भएको हो। 

एकाएक बदलिएको राजनीतिक परिदृष्यसँगै देउवाको पक्षमा कांग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद गरी १४३ मत पुग्ने देखिएको हो। बहुमतका लागि १३६ मत भए पुग्ने छ। 

हाल प्रतिनिधिसभामा २ सय ७० सांसद छन्। माओवादी केन्द्रले आफ्ना ४ सांसद टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरी शंकर चौधरीलाई बर्खास्त गरेको छ भने एमाले सांसद भीम रावलले आजै आइतबार मात्र राजीनामा दिएका छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा ५ सांसद घटेसँगै २७० सदस्यीय भएको हो। त्यसैले बहुमतका लागि देउवालाई १३६ मत भए पुग्नेछ। 

हाल कांग्रेसका ६३ सांसदमध्ये ६१ जनाले मत दिन पाउनेछन्। विजयकुमार गच्छदार र मोहम्मद अफ्ताब आलम निलम्वनमा परेकाले मत दिन पाउने छैनन्। 

त्यसैगरी नेकपा माओवादी केन्द्रका ५३ सांसदमध्ये चार जना बर्खास्त भएका कारण ४९ जनाले मत दिन पाउने छन्। जनता समाजवादी पार्टीमा ३४ सांसद रहेकोमा २ जना निलम्बनमा परेकाले ३२ जनाले मतदान गर्न पाउने छन्। रेशम चौधरी र हरिनारायण रौनियारले मतदान गर्न पाउने छैनन्। राष्ट्रिय जनमोर्चाकी एक सांसद दुर्गा पौडेलले पनि देउवाको पक्षमा मतदान गर्ने भएकी छिन्। 

यसरी जोड्दा देउवाको पक्षमा सहजै बहुमत अर्थात् १४३ मत पुग्ने देखिएको छ। अझै एमालेको माधव नेपाल पक्षका २२ सांसदले देउवाको पक्षमा मतदान गरेको अवस्थामा उनले १६५ मत प्राप्त गर्नेछन्। नेपाल पक्षमा २३ सांसदले सर्वोच्च अदालतमा मुद्दा हाल्दा देउवाको पक्षमा हस्ताक्षर गरेको भए पनि नेता भीम रावलले आजै मात्र सांसद पदबाट राजीनामा दिएका छन्।
 

प्रकाशित: Jul 18, 2021| 13:00 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।