बिहीबार, भदौ ४, २०८३

ओली सरकारलाई देउवाले दिए धन्यवाद

प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद दिएका छन्।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद दिएका छन्।

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकलाई आइतबार साँझ सम्बोधन गर्दै देउवाले भने, ‘ओलीले साढे तीन वर्षमा गरेका असल कामका लागि धन्यवाद दिन्छु। विगतमा भएका राम्रा कामलाई निरन्तरता दिने, कमजोरी सुधार्ने र नयाँ काम गर्नु छ। सुुशासन कायम गर्नु छ। सबै राजनीतिक दलको सहमतिका लागि प्रयत्न गर्नेछु। राजनीतिक दलहरु शत्रु होइन, हामी सहयात्री हौं भन्ने हिसाबले काम गर्छु।’

जनताको ठूलो त्याग, तपस्या र बलिदालने देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको देउवाले बताए। ‘पटक–पटकको प्रतिनिधिसभा विघटनका कारण विगत केही समय देशमा राजनीतिक अन्योल र अनिश्चितताको अवस्था रह्यो। धारा ७६ (३) अनुसार प्रधानमन्त्रीले विश्वासको मत नलिने भएपछि ५ अनुसार सरकार गठनको आह्वान भयो। म उपधारा ५ अनुसार प्रधानमन्त्री भएको छु,’ देउवाले भने।

देउवाले थपे, ‘अहिले मुलुक निकै जटिल अवस्थाामा छ। कोरोनाको प्रकोपले हामी पीडित भएका छौं। दैनिक संकट बढिरहेको छ। मानिसहरुको मृत्यु भइरहेको छ। कोभिडबाट बचाउने सरकारको प्रयास हुनेछ। रोकथामका लागि सबै प्रयास हुनेछ।’ 
 

प्रकाशित: Jul 18, 2021| 12:50 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।