बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झन्डै १९ करोड रुपैयाँ बराबरका चेकसहित मिटरब्याजी पक्राउ

झन्डै १९ करोड रुपैयाँ बराबरका चेकसहित मिटरब्याजी पक्राउ

प्रकाशबाट ४ करोड १६ लाख रुपैयाँको चेक र हेमराजबाट ४ करोड १४ लाख रुपैयाँको चेकहरू लिई सोबापतको रकम नदिएमा ज्यान मार्ने समेतको डरत्रास देखाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले पक्राउ गरेको हो। 
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं- विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८ सय ६० रुपैयाँ बराबरको चेकहरूसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका-१ घर भई हाल ललितपुर भैँसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेती छन्। उनी काठमाडौं महानगरपालिका-७ चाबहिल मित्रपार्कस्थित द्रिशान्त अटोमोबाईल्स प्रालिबाट शुक्रबार पक्राउ परेका हुन्। 

भक्तपुर मध्यपुर ठिमी नगरपालिका-२ बस्ने दोलखा घर भएका ४० वर्षीय प्रकाश कार्की र काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप घर भएका ६० वर्षीय हेमरा गुभाजुले गणेशबाट विभिन्न मितिमा रकम लिएकोमा गणेशले चर्को मिटरब्याज लगाएका थिए।

प्रकाशबाट ४ करोड १६ लाख रुपैयाँको चेक र हेमराजबाट ४ करोड १४ लाख रुपैयाँको चेकहरू लिई सोबापतको रकम नदिएमा ज्यान मार्ने समेतको डरत्रास देखाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ।

प्रकाशित: Jul 18, 2021| 12:42 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।