काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ।
प्रधानमन्त्री देउवाले जसपाका अध्यक्ष ठाकुरसँग विश्वासको मत माग्दै चिठी लेखेका थिए। उनले ठाकुर र उनी सम्बद्ध सांसदहरुको तर्फबाट आफूलाई समर्थन जनाउन आग्रह गरेका थिए।
प्रधानमन्त्री देउवाले आजको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिन कार्यसूची छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका १९ सांसदले भने देउवालाई विश्वासको मत दिने भएका छन्। उपेन्द्र पक्ष यसअघि देखिनै देउवा नेतृत्वको गठबन्धनमा सहभागी छ।


