बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिनिधिसभामा पेश

ओली सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिनिधिसभामा पेश

केपी ओली सरकारले ल्याएको अध्यादेश बजेट शेरबहादुर देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले संसद्‌मा पेश गरेका छन्।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– केपी ओली सरकारले ल्याएको अध्यादेश बजेट शेरबहादुर देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले संसद्‌मा पेश गरेका छन्। तत्कालीन अर्थमन्त्री विष्णु पौडलले प्रस्तुत गरेको बजेट अध्यादेश शर्माले संसद्‌मा टेबल गरेका हुन्।

हरेक वर्षको जेठ १५ गते अर्थमन्त्रीले संघीय संसद्‌मा बजेट पेश गर्नुपर्ने व्यवस्था संविधानमा भए पनि  प्रतिनिधिसभा विघटन भएपछि ओली सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो। 

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने परमादेश जारी गर्दै कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नपाउने उल्लेख गरेको थियो। विश्वासको मत लिन सफल भएमा देउवा सरकारले पूर्ण बजेट कार्यान्वयन गर्न पाउनेछन्। 
 

प्रकाशित: Jul 18, 2021| 12:07 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।