बिहीबार, भदौ ४, २०८३

१९ करोडको चेकसहित मिटरब्याजी पक्राउ

प्रहरीले १९ करोड रुपैयाँको चेकसहित मिटरब्याजीलाई पक्राउ गरेको छ। दोलखा मेलुङ गाउँपालिका वडा नम्बर १ का गणेश उप्रेतीलाई प्रहरीले प्रक्राउ गरेको हो।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– प्रहरीले १९ करोड रुपैयाँको चेकसहित मिटरब्याजीलाई पक्राउ गरेको छ। दोलखा मेलुङ गाउँपालिका वडा नम्बर १ का गणेश उप्रेतीलाई प्रहरीले प्रक्राउ गरेको हो।

उप्रेतीले मेलुङ गाउँपालिका वडा नम्बर ७ का प्रकाश कार्की र रामेछाप  गोकुलगंगा गाउँपालिका  वडा नम्बर १का हेमरा  गुभाजुबाट चर्को मिटर ब्याज लिएको प्रहरीले जानकारी दिएको छ। 

उप्रेतीले विभिन्न मितिमा पटक पटक गरी व्यक्तिगत कामको लागि रकम लिएर कार्कीबाट ४ करोड १६ लाख रुपैयाँ रकमको चेक र गुभाजुबाट ४ करोड १४ लाख  बराबरको चेक दिएर सोवापतको रकम माग्दै आएका थिए। चेकमा लेखेबराबरको रकम नदिएमा डर, त्रास र धाकधम्की दिई बाहिर घुमफिर गर्न बन्देज गराइएको प्रहरीले जानकारी दिएको छ। उप्रेतीले आपराधिक गिरोह समेतको प्रयोग गरी ज्यान मार्ने जाहेरी दरखास्तका आधारमा चाबहिल मित्रपार्कबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

उप्रेतीको साथबाट विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८६० बराबरको चेक समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। उनले अन्य व्यक्तिहरुलाई समेत चर्को मिटर ब्याजमा रकम दिने गरेकोले सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
 

प्रकाशित: Jul 18, 2021| 11:52 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।