काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८०१ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै यो अवधिमा १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ६ हजार ६२८ जनाको पीसीआर र ३ हजारको एन्टिजेन गरी ९ हजार ६२८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ लाख ६७ हजार १०९ जनामा कोरोना पुष्टि हुँदा ९ हजार ५५० जनाको मृत्यु भएको छ।