बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् बैठक सुरु गर्दै सभामुखले भने– रचनात्मक भूमिका खेल्नुस्

संसद् बैठक सुरु गर्दै सभामुखले भने– रचनात्मक भूमिका खेल्नुस्

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु तथा सांसदहरुले रचनात्मक भूमिका खेल्ने बताएका छन्।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु तथा सांसदहरुले रचनात्मक भूमिका खेल्ने बताएका छन्।

सर्वोच्च अदालतको परमादेशबाट पुनर्स्थापित संसद्को पहिलो बैठक सुरु गर्दै आइतबार अपराह्न सापकोटाले सार्वभौमसत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनस्र्थापित भएकोमा खुसी व्यक्त गर्दै सांसदहरुलाई बधाई दिए। उनले संविधान सभाबाट निर्मित संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यता अनुसार प्रतिनिधिसभालाई पुनस्र्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सर्वोच्च अदालतप्रति आभार पनि प्रकट गरे।

सार्वभौम जनता नै राज्य शक्तिको एकमात्र स्रोत भएकोले राज्यको शासन व्यवस्थाको सञ्चालन जनताको इच्छा अनुसार जनप्रतिनिधिमूलक संसदबाट हुने मान्यतालाई संविधानले पूर्णतः आत्मसात् गरेको र सोही कार्यलाई अदालतको फैसलाले पुनः स्थापित गरेको उनको भनाइ थियो।

सभामुख सापकोटाले विगतको तुलनामा संसदलाई अपेक्षाकृत वढी स्वतन्त्र, दिगो र राजनीतिक समस्याहरुको निकास दिने आधिकारिक थलोका रुपमा संविधानमा स्थापित गरिएको पुनः प्रमाणित भएको जनाएका छन्। प्रतिनिधिसभाको पुनस्र्थापनासँगै राजनीतिक स्थिरता, विकास र समृद्धिको जनचाहनालाई सम्बोधन गर्ने लक्ष्यमा दत्तचित्त भई लाग्नसमेत उनले आग्रह गरेका छन्।
 

प्रकाशित: Jul 18, 2021| 11:34 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।