काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसँग विश्वासको मत मागेका छन्।
देउवाले ठाकुरलाई पत्र लेख्दै विश्वासको मत मागेका हुन्। उनले ठाकुर र उनी सम्बद्ध सांसदहरुको तर्फबाट आफूलाई समर्थन जनाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री देउवाले आजको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिन कार्यसूची छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका १९ सांसदले भने देउवालाई विश्वासको मत दिने भएका छन्। उपेन्द्र पक्ष यसअघि देखिनै देउवा नेतृत्वको गठबन्धनमा सहभागी छ।
